arrow

नवनियुक्त मुख्यमन्त्री शाहले शपथ खाँदै, नेकपा एस समेटेर मन्त्रिमण्डल

logo
सुनील आउजी, 
प्रकाशित २०७९ माघ २७ शुक्रबार
kamal-shah-chief-minster-sudurpachhim.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालयमा उनले आज दिउँसो ३ बजे आयोजना गरिने विशेष समारोहकाबीच प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने छन् ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो ३ बजे गर्ने बताएका छन् । ‘दिउँसो ३ वा ४ बजेतिर कार्यक्रम आयोजना गर्ने तयारी भएको छ’, ढुंगानाले हाम्राकुरासँग भने । 

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

२७ पुसमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले शुक्रबार सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसका एक जना प्रदेश सभा सदस्यका अनुसार कांग्रेसबाट एक जना र नेकपा एकीकृत समाजवादीबाट एक जना गरेर दुई जना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको छ । 

तर को–को मन्त्री बन्दैछन् भन्ने कुराको भने टुंगो लाग्न बाँकी छ । 

त्यसैगरी ठूलो दलको हैसियतमा मुख्यमन्त्री भए पनि उनले आगामी एक महिनाभित्र विश्वासको मत लिने आधार भने तय भइसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ