arrow

सतहमा सत्ता

सत्ता गठबन्धनको संयन्त्र बैठक बालुवाटारमा

जसपा, जनमत र नागरिक उन्मुक्ति अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्ता गठबन्धन दलहरुको राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको हो । 

बुधबार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि पटकपटक स्थगित भएको संयन्त्रको बैठक अहिले बसिरहेको हो ।

हिजो बस्ने भनिएको बैठक तालमेल अभावका कारण बस्न सकेको थिएन । सुदूरपश्चिममा एमालेको सरकार बचाउन ओलीले प्रयास गर्दागर्दैै असफल भएपछि संयन्त्रको बैठक बस्न सकेको थिएन । 

आजको बैठकमा डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा देखिएको खटपट निराकरण हुने विश्वास लिइएको छ । 

सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिँदा गठबन्धन सरकार ढलेपछि त्यसको विषयमासमेत छलफल हुनेछ । 

विशेषगरी अड्किएको प्रचण्ड सरकारको पूर्णता र आसन्न राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । बैठकमा प्रचण्ड, ओली, लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् । 

जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी संयन्त्रको बैठकमा सहभागी छैनन् ।

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ