arrow

रोहितको रेकर्ड, तीन वटै शैलीका क्रिकेटमा शतक बनाउने पहिलो कप्तान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
rohit-sharma-test-century.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले तीन वटै शैलीका क्रिकेटमा शतक बनाउने पहिलो भारतीय कप्तानको कीर्तिमान बनाएका छन् । 

भारत र अष्ट्रेलियाबीच नागपुरमा भइरहेको पहिलो टेष्ट क्रिकेटमा शतक बनाएसँगै कप्तानका रुपमा तीन वटै शैलीका क्रिकेटमा शतक बनाउने पहिलो भारतीय क्रिकेटको रुपमा उनले कीर्तिमान रचेका हुन् । 

उनले नवौं टेष्ट शतक बनाएका छन् । योसँगै उनले कप्तानका रुपमा टेष्टमा पनि शतक बनाए र यसअघि एक दिवसीय र टी–२० मा पनि कप्तानका रुपमा शतक बनाएका थिए । 

विश्वमा भने यसअघि यो कीर्तिमान तिलकरत्ने दिलशान, फाफ डु प्लेसिस र बाबर आजमले यो कीर्तिमान बनाइसकेका छन् । 

जारी खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै १७७ रनमात्र बनाउन सक्यो । रविन्द्र जडेजाले सर्वाधिक ५ विकेट लिए । जवाफमा आज दोस्रो दिन १ विकेटको क्षतिमा ७७ रनबाट अगाडि खेलेको भारतले ओपनर कप्तान शर्माको शतकले दुई सयको आँकडा पार गरिसकेको छ । 

पूर्व कप्तान विराट कोहलीको फ्लप इनिङ्स भने जारी छ । उनले मात्र १२ रन बनाए । अलराउन्डर जडेजाले ब्याटिङमा पनि शर्मालाई साथ दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ