arrow

हाम्राकुराका स्तम्भकार पन्थीलाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
chandrakanta-panthi.jpg

काठमाडौं । हाम्राकुरा डट कमका स्तम्भकार राजेन्द्र पन्थीलाई पितृशोक परेको छ । पन्थीका पिता शिक्षाविद् एवं धर्मसंस्कृतिविद् चन्द्रकान्त पन्थीको यही माघ २७ गते निधन भएको हो । 

लामो समयदेखि अर्बुद रोगबाट पीडित पन्थीको उपचारका क्रममा निधन भएको हो । २००० साल बैशाखमा गुल्मीको भन्भने खहरेखोलामा जन्मिएका पन्थीले २०२१ देखि २०२५ सालसम्म सहकारी विभाग अन्तर्गत सरकारी सेवामा रहे भने २०२६ देखि २०५३ सालसम्म शिक्षण पेशामा रहे । 

उनले भन्भनेको बालचक्षु प्राविलाई दीपक माविमा परिणत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । 

उनका वंश पथ, लोक लीला स्मृति ग्रन्थ र वर्तमानमा फर्केर सम्झँदा पुस्तक प्रकाशित छन् । हाल उनी बुटबलमा बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ