arrow

सुदूरपश्चिममा एमाले सरकार ढलेपछि बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच कुराकानी भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति उनीहरुबीच कुराकानी भएको हो । शनिबार राति भएको सो भेटघाटमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन माओवादीलाई आग्रह गरिएको छ  । 

शनिवार राति ८ः३० मा प्रवेश गरेका दुई नेताहरु राति १० बजे मात्रै बालुवाटारबाट बाहिरिएका थिए । करिब डेढ घण्टा कुराकानी गरेका नेताहरुले आगामी राष्ट्रपतिको निर्वाचन र सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने विषयमा छलफल गरेका थिए । 

सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार साँझ ढलेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुबीच भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । 

आगामी फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको विरुद्धमा रहेका कांंग्रेस र एकीकृत समाजवादी तथा राष्ट्रिय सहमतिको अडानमा रहेको माओवादीका कारण हिजो रातिको भेटलाई राजनीतिक विश्लेषकहरुले विभिन्न कोणबाट विश्लेषण गरे पनि लुम्बिनी प्रदेशमा आफ्ना मन्त्रीलाई कारबाही गरेको माओवादीको नियत शंकास्पद रहेको चर्चा पनि चलेको छ । 

कांग्रेस र एससँग राष्ट्रिय सहमतिको कुरा गर्ने तर एमालेसँग पुरानै सहमति कार्यान्वयन हुन्छ भनेर कुराकानी जारी राखेकाले भेटघाटमा शंकाको विषयले प्रवेश पाएको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ