arrow

निष्कर्षमा पुगेन राजनीतिक संयन्त्रको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
prachanda-gathabandhan-oli-ravi-lingden.jpg
तस्बिर – फाइल ।

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको संयन्त्रको बैठक सरकारका काम कारबाहीलाई बलियो बनाउने भन्दै अन्य राष्ट्रपति निर्वाचन र सुदुरपश्चम सरकारको आएको तरंगबारे  छलफल भए पनि बिना निष्कर्ष टुंगिएको हो ।

साथै नागरिक उन्मुक्ति पार्टी, जसपा र रास्वपालाई सरकारमा ल्याउने बारेमा पनि कुनै निष्कर्ष दिन सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आजको बैठकमा सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए ।

 ‘सरकारले गरेका काम कारबाहीबारे आपसी समन्वयबारे कहाँ कमजोरी भयो भन्नेबारे समीक्षा भयो। आगामी दिनमा मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ। नियमित रूपमा यस प्रकारका भेटवार्ता कायम राख्ने सहमति भएको छ,’ उनले भने, ‘रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको छ। आज पनि कुराकानी भयो । उपर्युक्त समयमा रास्वपा सरकारमा आउन सक्छ ।’ उनका अनुसार अन्य विषयमा पुनः छलफल गर्ने र निष्कर्षमा पुग्ने गरी बैठक सकिएको छ । 

अर्को बैठक कहिले बस्ने भन्ने बारेमा केही जानकारी दिइएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ