arrow

एसको काम छैन भन्नेहरूलाई सुदूरपश्चिमले राम्रो झापड दिएको छ : नेपाल

logo
सुनिल आउजी,
प्रकाशित २०७९ फागुन १ सोमबार
madhav-kumar-nepal-media-brief.jpg

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टीको काम छैन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशबाट राम्रो झापड दिएको बताएका छन् । अध्यक्ष नेपालले भने आफ्नो पार्टीको भिजन विचार सिद्धान्तबाट विमुख नभएको पनि उल्लेख गरे ।
 
 समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले सो कुरा बताएका हुन । 'व्यक्ति आफैमा बलमान हो शक्ति सन्तुलनमा धेरै फरक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा हाम्रो पार्टी एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्य हुनुहुन्छ । मन खुम्च्याउने काम नगर्नुस् । सरकारमा हाम्रो पनि सहभागिता हुनु राम्रो कुरा हो,’ उनले भने एक दिन जनता सामु सबै कुरा ऐना झैँ प्रस्ट हुने छ महसुस गरुन् । एकीकृत समाजवादी पार्टी सङ्गठन निर्माण गर्न कार्यकर्ता जनताले महसुस गर्दैन तबसम्म सङ्गठन निर्माणमा लागिरहनुपर्छ ।’

पूर्व प्रधानमन्त्री नेता नेपालले मुलुकले लामो समयदेखि अस्थिरता भोगेको बताउँदै शासन सञ्चालन गर्ने कतिपय कुरासँग सहमत हुन नसकिने बताए । राष्ट्रपतिले प्रतिनिधिसभामा सम्बोधन गर्न जाने बेला प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको घटनामा प्रधानमन्त्रीले गम्भीर बन्नुपर्ने बताएका उनले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व आएको बताउँदै उनले सहमतिको यात्रामा अघि बढ्न सक्नेमा विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिमा तपाईँको पनि नाम चलेको छ नि भन्ने जिज्ञासामा नेपालले आफ्नो मात्र इच्छा भएर केही नहुने उल्लेख गरे भने राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको उनको भनाई थियो ।

टीकापुर घटनालाई राजनीतिक घटनाका रूपमा लिनुपर्ने रिहा गर्नुपर्ने उनले पत्रकार सम्मेलनमा बताए । ‘उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरूका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुङ्गो लगाउनु राम्रो हुने स्थायित्व हुने विश्वास रहेको नेता नेपालले बताए ।

वैचारिक शक्तिहरुबीच एकता गर्ने पार्टीको नीति भएको बताएका नेपालले विभिन्न दलहरूसँग संवाद भइरहेको बताए । साना दलहरू सँग छलफल चलिरहेको छ , तर एमालेसँग कुनै पनि हालतमा हामी एकता गर्दैनौ पनि एकता हुने सम्भावना जिरो प्रतिशत पनि नरहेको बताउँदै उनले भने ताली एक हातले मात्र बजाउन नसकिने एकता नहुने टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ