arrow

प्रधानमन्त्रीले गरे गेटा कलेजका लागि निर्मित संरचनाको निरीक्षण

logo
सुनिल आउजी,
प्रकाशित २०७९ फागुन १ सोमबार
geta-college (2).jpg

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजका लागि निर्मित संरचनाको निरीक्षण गरेका छन् । 

नेपाल सरकारले गेटा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरे लगत्तै प्रधानमन्त्री प्रचण्डले निरीक्षण गरेका छन् ।
 
निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको काम तीव्र रूपमा अगाडि बढाइने बताए ।

'मेडिकल कलेजको काम त अगाडि बढिनै सक्यो, अब स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको काम पनि अगाडि बढ्छ ।' उनले भने, 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय हिजो मात्र सरकारले गरेको छ । यो देशकै लागि गौरवको विषय हो ।'

प्रधानमन्त्री प्रचण्ड सुख्खा बन्दरगाह र महाकाली करिडोरको निरीक्षणको लागि कञ्चनपुर गएका छन् । उनले आज नै कञ्चनपुरको महेन्द्रनगरमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ