arrow

क्वात्राले भेटे परराष्ट्रमन्त्री राईलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
binayamohan-bimala-rai.jpg

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन् । 

नेपालको  दुई दिने भ्रमणका लागि सोमबार काठमाडौं आएका उनले पराष्ट्रमन्त्री राईसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशको हित र आपसी चासोको विषयमा छलफल भएको छ । 

सोमबार काठमाडौं आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ