काठमाडौं । बुधबार शेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा आएर रोकिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ४०० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ७३ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
मंगलबार पनि शेयर राताम्मे भएको थियो ।
राताम्मै शेयर
कारोबारको आधारमा अपी हाईड्रोपावर शीर्ष स्थानमा रहेको छ। यसको आज ६ करोडभन्दा बढीको कारोबार भएको छ।
बुधबारको कारोबारमा निर्माण र प्रशोधन बाहेक सबै उप सूचकहरुमा आरालो लागेको छ।
आजको कारोबार युनिलिभर नेपाल लिमिटेडको शेयर भाउ ८.५४ प्रतिशतले बढेको छ।