arrow

थामिएन नेप्सेको पहिरो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
stock-share-down-bear.jpg

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार आरालो लागेको छ । नेप्से परिसूचक २१।१५ अंकले घटेर २०७० विन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।

यसैगरी अपी हाईड्रोपावरको ५ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ ।

बिहिबारको कारोबारमा सबै उपसूचकहरुमा आरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको शेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ। 

पछिल्ला केही दिनदेखि नेप्सेमा निरन्तर पहिरो गइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ