arrow

जय शम्भो !

पशुपतिमा महाशिवरात्रीको रौनक [फोटोफिचरसहित]

२० लाखले दर्शन गर्ने दाबी, सुरक्षा कडा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
pashupati-final-always.jpg

काठमाडौं । पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्री मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रीको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ । 

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रीका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ । 

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा
यस वर्षको महाशिवरात्री मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा शुक्रबारदेखि नै प्रहरी परिचालन भएका छन् ।

महाशिवरात्रीलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले समेत आफ्नो एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । यस वर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्णरूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।
 
दर्शनका क्रममा असहज भएका दर्शनार्थीका लागि ठाउँ–ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्सलगायतको सेवाका लागि समेत टोली खटाइएको प्रहरीले जनाएको छ । 

शनिबार हुने महाशिवरात्री मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ । यस वर्ष शिवरात्री मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।
 
शिवरात्रीलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

IMG_0721.jpg
IMG_0733.jpg
IMG_0749.jpg
IMG_0949.jpg
IMG_0963.jpg
IMG_0968.jpg
IMG_0976.jpg
IMG_0980.jpg
newskarkahna-news461610..jpg
newskarkahna-news461611..jpg
newskarkahna-news461612. (1).jpg
newskarkahna-news461612..jpg
newskarkahna-news461613..jpg
newskarkahna-news461614..jpg
newskarkahna-news461615..jpg
newskarkahna-news461616..jpg
newskarkahna-news461617..jpg
newskarkahna-news461618..jpg
newskarkahna-news461619..jpg
newskarkahna-news4616110..jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ