arrow

पशुपतिमा महाशिवरात्री [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
pashupati-puja-2079.jpg

काठमाडौं । महाशिवरात्रीका अवसरमा पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ ।
 
महाशिवरात्री भव्य रुपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
 
यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ । त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ । तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ ।

हिन्दू धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इण्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन् । 

महाशिवरात्रीका अवसरमा भारतका गोवद्र्र्धन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यस पटक नेपाल आएका छन् ।

महाशिवरात्रीका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । 

जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए । 

pashupati-shivaratri-2079 (1).jpg
pashupati-shivaratri-2079 (2).jpg
pashupati-shivaratri-2079 (3).jpg
pashupati-shivaratri-2079 (4).jpg
pashupati-shivaratri-2079 (5).jpg
pashupati-shivaratri-2079 (6).jpg
pashupati-shivaratri-2079 (7).jpg
pashupati-shivaratri-2079 (8).jpg
pashupati-shivaratri-2079 (9).jpg
pashupati-shivaratri-2079 (10).jpg
pashupati-shivaratri-2079 (11).jpg
pashupati-shivaratri-2079 (12).jpg
pashupati-shivaratri-2079 (13).jpg
pashupati-shivaratri-2079 (14).jpg
pashupati-shivaratri-2079 (15).jpg
pashupati-shivaratri-2079 (16).jpg
pashupati-shivaratri-2079 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ