arrow

भारतमा थपिए बाह्र अफ्रिकी चितुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
chittah-india-african.jpg

नयाँ दिल्ली । दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ । 

भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर शहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।

यसअघि,पाँच महिना पहिले नामिबियाबाट ल्याइएका आठ वटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो ।

योसँगै भारतमा अफ्रिकी चितुवाको कूल सङ्ख्या २० पुगेको छ । सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वाकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरुवात भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ