arrow

सुदूरपश्चिमका मुख्यमन्त्रीको दाबी- आवधिक निर्वाचन हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
kamal-bahadur-saha.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन सबै दलहरु सँग खुल्ला छलफल गरेको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा शाहले पत्रकाहरुसंग भेटघाट तथा छलफलमा सो कुरा बताएका हुन ।

छलफलका क्रममा शाहले भने ’विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौँ सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ यहाँ हल्लाको भरमा नपर्न सबैलाई आग्रह गर्दै उनले भने आवधिक निर्वाचन हुँदैन ।

अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे । ‘यो बेकारको कुरा हो, निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ बताए ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ । मुख्यमन्त्री शाहले दौडधुप बढाएका छन्।

 



लोकप्रिय समाचार
नयाँ