arrow

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
sudurpaschim-province-indira-giri.jpg

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको छ।

सूचनामा प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखले निर्देशन भएको उल्लेख गरिएको छ।

समानुपातिक सांसद गिरी काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत हुन्।  आफ्नो निर्देशन पालना नगरेको भन्दै अध्यक्ष रञ्जिताले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी थिइन्।



लोकप्रिय समाचार
नयाँ