- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भए पनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेको छ । योसँगै सहमित नजिक पुगेको सुदूरपश्चिम प्रदेशको राजनीति फेरि तरंगित बनेको छ ।
एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सारिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो ।
एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ ।
एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भए पनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन् ।
एमालेको नयाँ अडानपछि बुधबार मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूरपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ ।
प्रदेश प्रमुखले दावेदारीका लागि बिहीबारसम्मको समय दिएका छन् ।