arrow

टर्किए पुगेर अमेरिकी विदेशमन्त्रीले भने- दीर्घकालीन सहयोग गर्छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
Antony-Blinken--REUTERS-Clodagh Kilcoyne.jpg

काठमाडौं। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले टर्किएको भ्रमण गर्दै आइतबार थप सहायताको घोषणा गर्दै वाशिंगटनले अंकारालाई भूकम्प पछिको पुनर्निर्माणमा दीर्घकालीन सहयोग उपलब्ध गराउने बताएका छन्।

फेब्रुअरी ६ मा टर्किएको दक्षिणपूर्वी र छिमेकी सिरियामा गएको ७.८ रेक्टर स्केलको भूकम्पले ४५ हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने, एक लाखभन्दा बढी घरबारविहीन भएका छन्। करिब ६ हजार घर एवं भवन भत्काएको भूकम्पले अर्बौँ डलरको क्षति गरेको छ।

टर्किएको आधिकारिक भ्रमण र अमेरिकाले कसरी सहयोग गर्न सक्छ भनेर छलफल गर्नका लागि ब्लिन्केन आइतबार टर्किएको इन्सर्लिक एयर फोर्स बेसमा उत्रिएका थिए ।

इन्सर्लिकबाट उनले टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुसँग उनले भूकम्पले सबैभन्दा बढी प्रभावित दक्षिणी हाते प्रान्तको हेलिकप्टरबाटै अवलोकन गरेका थिए।

'यो शब्दमा वर्णन गर्न जटिल छ। तपाईले भवनहरू ठाडै देख्नुहुन्छ र त्यसपछि भवनहरू भत्किएका छन्, छानाहरू ध्वस्त भएका छन् र यसको  छेउमा फेरि कुनै भवन उभिएको वा ठाडै छ,' ब्लिन्केनले पत्रकारहरूलाई भने।

भूकम्प गएको झण्डै दुई सातापछि खोजी र उद्धार कार्यको अन्त्य हुँदै छ । तर ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले  'दीर्घकालीन प्रयास' स्वरूप सहयोग गरिरहने बताएका छन्।



लोकप्रिय समाचार
नयाँ