arrow

प्रधानन्यायाधीश नियुक्ति चाँडै हुने प्रधानमन्त्रीको आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
prachanda-dahal-maoist-manifesto-2079-election.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्कर्ष पुर्‍याउने बताएका छन् ।
      
बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज  नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँग उनले विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

बारका अध्यक्ष घिमिरले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए ।
      
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेको हुनाले यस प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउन उनले माग गरे ।

अध्यक्ष घिमिरेले कायममुकायम (कामु) को भरमा न्यायालय चलेको एक वर्ष बितिसकेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने माग राखिएको बताए ।
      
विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीशले काम गरिरहेका छन्।

सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद खाली छ । त्यस्तै, उच्चमा पनि धेरै ठाउँमा कामुकै भरमा चलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ