arrow

पोखरामा विस्फोटक पदार्थ पड्किँदा दुई बालक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
bomb-blast.jpg
फाइल तस्वीर

पोखरा । पोखरामा विस्फोटक पदार्थ पड्किँदा दुई बालक घाइते भएका छन् ।

घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ ठूलढुङ्गाका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका छन् । 

उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये एक जनाको हातमा र अर्का एक जनाको हात र खुट्टा दुवैमा चोट लागेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार बालकहरूले नेपाली सेनाको पोष्ट नजिकैको वनमा भेटाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ