काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे बैठक बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले उल्लेख गरेका छन् ।