arrow

पाँच रनले पराजित हुँदै भारत बाहिरियो सेमिफाइनलबाटै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
australia-india-2023.jpg

काठमाडौं । महिला टी–२० विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलिया फाइनलमा पुगेको छ । बिहीबार राति केपटाउनमा भएको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ५ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको १७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो । भारतका लागि कप्तान हरमनप्रित कौरले ३४ बलमा ५२ रन बनाइन् । 

जेमिनी रोड्रिगेजले ४३ रन बनाउँदा दिप्ती शर्माले अविजित २० रन बनाइन् । अष्ट्रेलियाका लागि ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले समान २–२ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि बेथ मुन्नीले ३७ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन् । उनले ७ चौका र १ छक्का प्रहार गरेकी थिइन् । 

कप्तान मिन ल्यानिङले ३४ बलमा अविजित ४९ रन बनाउँदा अश्लिग ग्राडनिरले ३१ रन बनाइन् । भारतका लागि शिखा पाण्डेले २ तथा राधा यादव र दिप्तीले समान १–१ विकेट लिइन् । 

जितसँगै सातौं पटक फाइनल प्रवेश गरेको अष्ट्रेलियाले उपाधिका लागि आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र इङ्गल्याण्ड भिड्दै छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ