arrow

बाँकेस्थित अम्बे स्टिल्समा आगलागी, साढे २ करोड क्षति भएको अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
fire-final.jpeg

नेपालगन्ज । बाँकेको जानकीस्थित अम्बे स्टिल्समा आगलागी भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित अम्बे स्टिल्समा रहेको भट्टीमा आगो बाल्न प्रयोग गरिने एफओ नामक तेलको डिपोमा आगलागी भएको इलाका प्रहरी कार्यालय खजुराखुद्रले जनाएको छ ।

आगलागीबाट करिब २ करोड ६४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । आगलागीका कारण भने थाहा हुन सकेको छैन ।

शुक्रबार बिहान साढे ६ बजेतिर लागेको आगो प्रहरी, स्थानीय र दुई वटा दमकलको सहयोगमा करिब सवा ८ बजेतिर नियन्त्रणमा आएको हो ।

अम्बे स्टिल्सको फ्याक्ट्री र तेलको डिपोको दुरी करिब १०१५ मिटरको दुरीमा रहेको बताइएको छ । डिपोमा २ लाख लिटर तेल रहेको अम्बे स्टिल्सले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ