arrow

राष्ट्रपतिको उम्मेदवार छान्दै कांग्रेस, सम्भावना कसको ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बस्दैछ । बैठक बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो । उक्त बैठकले राष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरू बैठकमा उपस्थित हुनेछन् । 

आज बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन पेश गर्नुपर्ने भएकाले कांग्रेसले छिट्टै यो बैठकबाट उम्मेदवार तोक्नेछ । यसअघि हिजो बेलुकी आठ दलले कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवार चयन गर्न सघाउने निर्णय गरेसँगै कांग्रेस उत्साही छ ।

को होलान् उम्मेदवार ? 
कांग्रेसबाट उम्मेदवार हुँदा राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल सबैभन्दा ठूला दावेदार हुन् । उनले आफ्नो राजनीतिलाई कहिल्यै पनि विचलित बनाएनन् । पद नपाए पाउनैपर्छ भनेर अड्डी कसेनन् । बरु त्यो होडबाट टाढा बस्ने काम गरे । 

उनी पूर्व सभामुख हुन् । बहुदलपछिको अहिलेसम्मको संसदमा सबैभन्दा निष्ठ र सन्तुलित भएर सभामुखको भूमिका निर्वाह गर्नेमा उनकै नाम अगाडि आउँछ । 

सभापति शेरबहादुर देउवाका सहयात्री पौडेलले पद पाउने सवालमा भने पछि पर्दै आएका छन् । त्यसैले पनि उनी यो पदका प्रवल दावेदार हुन् । 

रामचन्द्रको नाम सर्वसम्मत हुने विश्वाससमेत धेरै नेताहरुले अनौपचारिक कुराकानीमा गरेका छन् । एक कार्यसमिति सदस्यले भने, ‘रामचन्द्र दाइ नै हो । उहाँको विकल्प खोजिएजस्तो लाग्दैन । यो त ओपन सेक्रेट जस्तै हो ।’

यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवा नै राष्ट्रपति भैदिए हुन्थ्यो भन्ने मनसाय पटक पटक व्यक्त गर्दै आएका थिए । 

तर यसपालि देउवाले आफ्नो भन्दा सिंगो पार्टीको स्वार्थ हेरेको विश्लेषण गरिएको छ । 

साथै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम पनि आएको छ । तर उनी पछिल्लो समय रेसबाट टाढा रहेको विश्लेषण गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ