arrow

राप्रपा प्रदेश १ बाट पनि बाहिरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
rpp-raprapa.jpg

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रदेश १ सरकारबाटसमेत बाहिरिने भएको छ । काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैबाट राजीनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजीनामा दिन लागेका हुन् ।

राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन् । राप्रपा प्रदेश सभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् ।

‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अब सरकारमा रहन्नौँ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोलि राजीनामा दिनु हुनेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ