arrow

प्रियंकाको स्वागतमा दुई किलोमिटर गुलाब बिछ्याइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
rose-road-priyanka-gandhi.jpg

काठमाडौं । भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई करिब २ किलोमिटरसम्म गुलाबको फूलका सडक बनाएर सजाएर स्वागत गरिएको छ। 

वाड्रा पार्टीको तीन दिने ८५ औं अधिवेशनमा भाग लिन शनिबार छत्तीसगढको नयाँ रायपुर पुग्दा उनका समर्थकले २ किलोमिटरसम्म सडकमा गुलाब बिच्छयाएर स्वागत गरेका हुन् । उनीहरुका अनुसार गान्धीको स्वागतमा ६ हजार किलोभन्दा बढी गुलाबको फूल प्रयोग गरिएको थियो ।  

प्रियंकाको स्वागतका लागि एयरपोर्ट अगाडिको सडकमा गुलाफको फूलको बाक्लो तह बिछ्याइएको थियो । गुलाब फूलले सजिएको सडकका दुवै छेउमा परम्परागत भेषभूषामा सजिएका लोक कलाकारहरुले पनि आफ्नो प्रस्तुति प्रस्तुत दिएका थिए ।

गान्धी मुख्यमन्त्री बघेलसँगको कारमा एयरपोर्टबाट निस्किएकी थिइन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, प्रदेश कांग्रेस प्रमुख मोहन मरकम र अन्य पार्टी नेताहरूले प्रियंका गान्धी वाड्रालाई स्वागत गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ