arrow

एमालेको अनुरोधलाई एसले गर्‍यो अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
madhav-kumar-nepal-party-meeting-2023.jpg

काठमाडौं ।  राष्ट्रपति निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुरोधलाई नेकपा एकीकृत समाजवादीले अस्वीकार गरेको छ । एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेद्धारी दिएसँगै एसलाई औपचारिक पत्र पठाएको थियो ।

प्रवक्ता जगन्नाथ खतिवडाले एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नरहेको बताएका छन् । उनले एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका भने खोलेको बताए ।

केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएको एमालेले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरी औपचारिक पत्र पठाएको थियो ।

यता पछिल्लो समीकरण अनुसार माधव कुमार नेपाललाई दुई वर्ष प्रधानमन्त्रीको कार्यकाल दिने सहमति भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ