arrow

दुर्घटनामा पत्रकारको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार

बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा  पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति  बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए ।

 लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत  उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ