arrow

टाढैबाट चुम्बन गर्न सकिने चिनियाँ उपकरण चर्चामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
chinese-kissing-toy.jpg

काठमाडौं। टाढा अथवा लामो दूरीका जोडीहरुलाई एक आपसमा कृत्रिम तरिकाले चुम्बन साटासाट गर्न सकिने न्यानो, चल्मलाउने, सिलिकनको  'ओठ' भएको चिनियाँ कन्ट्राप्शन उपकरण अहिले चर्चा पाइरहेको छ।

लामो दूरीका जोडीहरूलाई 'वास्तविक' शारीरिक घनिष्टताको अनुभव गराउने भनेर विज्ञापन गरिएको उपकरणले चिनियाँ सोसल मिडिया प्रयोगकर्ताहरू माझ चर्चा पाइरहेको हो ।

प्रेसर सेन्सर र एक्चुएटरहरूसमेत रहेको यो उपकरण प्रयोगकर्ताको ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्दै वास्तविक चुम्बन झैं महसुस गराउन सक्षम भएको भनिएको छ ।

चुम्बनको गति एवं पद्धतिका साथसाथै यसले चुम्बनकर्ता वा प्रयोगकर्ताले गरेको आवाज पनि सुनाउन सक्छ ।

यद्यपि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो उपकरणलाई मनोरञ्जनात्मक तरिकाले लिएका छन् भने केहीले नाबालिगहरुले प्रयोग गर्न सक्ने भन्दै आलोचना गरेका छन् ।

यो कृत्रिम डिभाइसमा चुम्बन पठाउन वा चुम्बन साटासाट गर्न प्रयोगकर्ताले एक मोबाइल फोन एप डाउनलोड गर्नु पर्छ। त्यसपछि यो डिभाइसलाई आफ्नो फोनको चार्जिङ पोर्टमा प्लग गर्नुपर्छ। एपमा आफ्नो जोडीसँग पेयर भइसकेपछि उनीहरुले भिडियो कल गरेर एक अर्कालाई चुम्बन साटासाट गर्न सक्छन्।

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार यो आविष्कार चाङझाउ भोकेशनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजीले पेटेन्ट गरेको छ।

'मेरो विश्वविद्यालयमा म मेरी प्रेमिकासँग लामो दूरीको सम्बन्धमा थिएँ, त्यसैले हामीले फोन मार्फत मात्र एक अर्कासँग सम्पर्क गर्यौं। त्यहीँबाट यस यन्त्रको प्रेरणाको उत्पत्ति भएको हो,' यो उपकरणको डिजाइनका प्रमुख आविष्कारक जियाङ झोङ्लीले ग्लोबल टाइम्सलाई भनेका छन्।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ साइट ताओबाओमा दर्जनौं प्रयोगकर्ताहरूले २८८ युआन (४१ अमेरिकी डलर) मूल्य रहेको यो उपकरणबारे धेरै रिभ्युहरु लेखेका छन्।

'मेरो पार्टनरले शुरुमा (रिमोट) चुम्बन हासिल गर्न सकिन्छ भन्ने कुरामा विश्वास गरेनन्, त्यसैले उनले यो उपकरण प्रयोग गर्दा उनको बङ्गारा खस्यो... यो हाम्रो लामो दूरीको सम्बन्धमा मैले उनलाई दिएको सबैभन्दा राम्रो स्रप्राइज हो,' एक प्रयोगकर्ताले लेखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ