arrow

गिद्ध संरक्षणमा सबै लाग्नु पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
vultures-lovers-fighters.jpeg

कपिलवस्तु । प्रकृतिको कुचीकारको रूपमा रहेको गिद्धको संरक्षणमा स्थानीय सरकार तथा सबै सरोकारवालाहरू लाग्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियन र पन्छी संरक्षण सङ्घको आयोजनामा वाणगंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त धारण आएको हो ।

कार्यक्रममा बोल्दै वाणगंगाका नगर प्रमुख चक्रपाणि अर्यालले वाणगंगा क्षेत्रमा रहेका राजापानी र अन्य सामुदायिक क्षेत्रमा रहेका गिद्धहरूको संरक्षण गर्नको लागि नगरपालिकाले योजना बनाएर काम गर्ने बताए । त्यसको लागि प्राविधिक र वनहरूसँगको सहकार्यमा काम अगाडी बढाउने बताए । त्यस्तै एसोसियसनका केन्द्रीय अध्यक्ष राम प्रसाद मेहताले गिद्ध लगायत अन्य चराहरूको संरक्षणको लागि स्थानीय तह ,प्रदेश र सङ्घले समन्वयात्मक रूपमा सहकार्य गरि संरक्षणका कार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा पन्छी संरक्षण सङ्घका भूपाल नेपाली र डा.सजीव पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । नेभ्लाका जिल्ला अध्यक्ष परमेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेभ्लाका पूर्व केन्द्रीय अध्यक्ष लोकराज भुषाल,पूर्व जिल्ला अध्यक्ष खिम बहादुर टण्डन, लगायतले धारणा राखेका थिए ।

पशुमा प्रयोग गरिने डाइकलोफेनिक सोडियमको औषधीले गर्दा उक्त पशुहरू मरेर सिनो खादा गिद्धहरूको मृगौला खराबीको कारण धेरै गिद्धहरू नेपालमा लोप भएका प्राविधिकहरूले बताएका छन्। उक्त औषधी नेपालमा बन्द गरिए पनि भारतको सिमाना वाट अवैध रूपमा आएर प्रयोग हुन सक्ने बताइएको छ ।

 सन् १९८० मा नेपालमा करिब १५ लाखको हाराहारीमा रहेका गिद्धहरू हाल २० हजारको हाराहारीमा रहेको तथ्याङ्कले देखाएको छ । नेपालमा ९ प्रजातिका गिद्धहरू रहेका छन् । अ‍ौषधीको प्रयोग, वासस्थानको लोप र खानामा समस्या भएको कारण वर्षैनी गिद्धहरू लोप भइरहेका छन् ।

सोही अवसरमा नेभ्लाको कार्यालय भवन बनाउनको लागि १० हजार अभियानको सुरुवात गरिएको छ कपिलवस्तु वाट परमेश्वर यादव सहित ७ जनाले गरि ७० हजार रकम सङ्कलन गरिएको नेभ्लाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ