काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ। सोमबार ३.६५ अङ्कले ओरालो लागि २०२३.५४ विन्दुमा आएर रोकिएको छ।
यस्तै सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । आज ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १७ बढीको कारोबार भएको छ।
यस्तै १५९ कम्पनीहरूको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ। १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था र समलिङ् पावर कम्पनीको ९ प्रतिशतले वृद्धि भएको छ । यता हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैङ्कको ५ करोड भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार १३ उप सूचकहरूमा ५ कम्पनीमा उकालो लागेको र अरू सबै उप सूचकहरूमा ओरालो लागेको जनाएको छ।