- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारमा माओवादी केन्द्र एक्लै जस्तै भएको बेला मन्त्रिपरिषद बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
एमाले सरकार बाहिर गएकै दिन बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सोमबारको बैठकमा माओवादी केन्द्रका प्रधानमन्त्रीसहित पाँच र जनमत पार्टीका एक मन्त्री तथा मूख्यसचिव शंकरदास वैरागी मात्रै रहेको अवस्थामा मन्त्रिपरिषद्को बैठकले ’जनयुद्ध’ र जनआन्दोलनका हहीदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको स्रोतको दाबी छ ।
यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा शहीद भएका सबैको नामलाई सरकारले राजपत्रमा प्रकाश गर्ने अभिव्यक्ति दिएका थिए ।
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिँदा भने एमाले र राप्रपा पनि सरकारमै रहेको थियो ।