arrow

पत्रकारको पारिश्रमिक उपलब्ध गराउन महासङ्घको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार

काठमाडौं । नेपाल पत्रकार महासङ्घ राजधानी प्रतिष्ठान शाखाले राजधानी दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीले विगत ६ महिनादेखि पारिश्रमिक नपाएको भन्दै बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेको छ ।

शाखाले सोमबार विज्ञप्ति जारी गरी राजधानी पब्लिकेसनद्वारा सञ्चालित सो दैनिकका पत्रकार तथा कर्मचारीले विगत लामो समयदेखि सेवासुविधा नपाएकाले तत्काल सम्पूर्ण भुक्तानी उपलब्ध गराउन माग गरेको हो ।

“यस दैनिकको व्यवस्थापक, सम्पादक तथा प्रशासन प्रमुखलाई आफ्नो दायित्व पूरा गर्नु मात्रै नभएर नैतिकता र मानवीय भावना देखाउनुपर्छ । पारिश्रमिक लगायतका ६ महिनाकै बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

राजधानी दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि सेवासुविधा नपाउँदा उनीहरूको दैनिक जीवनयापनमा समेत समस्या देखिएको प्रतिष्ठान शाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ