arrow

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
tractor.jpg

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए राति ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका-४ देउराली-सर्दी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी-४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए ।
 
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ