arrow

सभामुख घिमिरे मनामा जाँदै, राष्ट्रपतिलाई जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
vidya-devraj-.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएका छन् । 

आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन प्रस्थान गर्ने कार्यक्रम छ । आईपीयू बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ