arrow

जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्नेमा प्रचण्डको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
prachanda-iucn.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताएका छन् । आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

उनले आईयूसीएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
    
आईयूसीएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य राष्ट्र रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ