arrow

एमाले नेता पुगे माधवको शरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि भेट माग्दै एमाले नेताहरू एकीकृत समाजवादीको कार्यालय पुगेका छन् । एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

बिहान ११ बजे एसको पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेट्न उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू पुगेका थिए । भेटमा एमाले नेताहरूले राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसैगरी आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेताहरूले भेटघाट गर्नेछन् ।

राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदै छ। नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास चन्द्र नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।

 एमालेले संघीय संसद्मा प्रतिनिधित्व गरेका कांग्रेसबाहेकका दलहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा नेम्वाङको पक्षमा भोट मागेको छ । कांग्रेसले भने एमालेसहित १३ दललाई पत्र पठाएर राष्ट्रपति पौडेललाई मतदान गर्न आग्रह गरेको छ । एकीकृत समाजवादीले भने कांग्रेस नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ