arrow

सुशासन र समृद्धि सजिलो छैन भन्ने प्रधानमन्त्रीले सुनेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
prachanda-dahal-parliament-congerss-meet.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिवसहितको टोलीसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेस गर्न प्रा डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्वसचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ । सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो ।

“सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन”, रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री दाहालले भने, “तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन ।” उनले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताए । कार्यदलका सदस्यसचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा ‘रिपोर्टिङ’ गर्नुभएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ