arrow

सभामुखको सरकारी निवासको लफडा टुंगियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
devraj-ghimire-speaker-2079-11-12.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् ।
 
‘सोमवारको मन्त्रिपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ । आवश्यक प्रक्रिया पूरा भएपछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा हाल राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँबाट बाहिर जानेछन् भने उनी पुरानै आफ्नै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लैनचौरस्थितमा जानेछन् त्यो भने निक्र्र्यौल भइसकेको छैन ।
 
बालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको बालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्वहारको आरोपमा थुनामा गएपछि रिक्त रहँदै आएको सो भवनमा राष्ट्रिय सभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सिना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने बालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए । 

हाल उनी त्यहाँबाट सरेपछि सभामुख घिमिरे बालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्योल थियो तर गत सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय लिएपछि उनी अब बालुवाटार जानेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ