arrow

माधवले भने- एसलाई पार्टी नै नमान्ने नेता राष्ट्रपति निर्वाचनमा अतालिएर सहयोग माग्न आए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नै नमान्ने नेता राष्ट्रपति निर्वाचनमा अतालिएर सहयोग माग्न आएको बताएका छन् ।शनिबार पार्टी सङ्गठनको बैठकमा  उनले यस्तो बताएका हुन् ।

 राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि भेट माग्दै एमाले नेताहरू एकीकृत समाजवादीको कार्यालय पुगेका थिए । अध्यक्ष नेपाललाई भेट्न उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू पुगेका थिए ।

नेपालले भने - केही समय अगाडि एकीकृत समाजवादीलाई पार्टी नै नमान्ने नेता राष्ट्रपति निर्वाचनमा पछिल्लो पटक विकास भएका घटनाक्रमबाट अतालिएर सहयोग माग्न आएका थिए । राजनीतिक स्थायित्वका लागि मैले राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेको छु । आठ दलीय गठबन्धनबाट अब निर्वाचित हुने राष्ट्रपतिले आफ्नो काम, अधिकार र कर्तव्यलाई बुझेर पदको गरिमा उच्च राख्नुपर्छ ।'

उनले एकीकृत समाजवादीले अवलम्बन गरेका आदर्शले राष्ट्रिय राजनीतिमा पार्टीको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले पार्टीलाई कसैले पनि कमजोर नठान्न चुनौती दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ