arrow

ओखलढुङ्गा सवारी दुर्घटना :

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, तीव्र उद्धार कार्यका लागि निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
pm-prachanda-address-2.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिएका छन् ।

ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन्, “मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीव्र उद्धार कार्यका लागि निर्देशन दिएको छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ