arrow

यी दुई नेपाली महिला पाइलटले गरे पहिलो सफल अन्तर्राष्ट्रिय उडान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
pilot-bhawana-pant-srijana-rawat-infernational-flight.jpg

लण्डन । काठमाडौं– यूएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । आइतबार नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छिन् । उनीसंगै कोपाईलट शृजना रावत उडानमा रहेकी थिइन् ।

उनले महिलाहरुको सो अन्तर्राष्ट्रिय उडान गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरु प्रति धन्यवाद दिएकी छिन् ।

उनीहरुले विमान यूएई विमानस्थलमा पुगेपछि गैरआवासीय नेपाली संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ