arrow

पर्वहरुले राष्ट्रिय एकतालाई मजबूत बनाउँछ : मुख्यमन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
Khag Raj Adhikari.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रंगहरुको पर्व फागुपूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिदैं यी पर्वहरुले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।  

सन्देशमा भनिएको छ, “यस वर्षकोे फागु पुर्णिमा (होली पर्व) तथा तोरन्ल पर्वले नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता,सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

शुभकामना सन्देशमा उनले नेपालमा बसोबास गर्ने विभिन्न जात-जातिका आआफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको उल्लेख गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ