arrow

प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

logo
रबिन्द्र यादव,
प्रकाशित २०७९ फागुन २२ सोमबार
PRATAPPUR-BHAWAN(2).jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको काम आइतबारदेखि शुरु गरेको छ ।

 प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन ।

दुई वर्षसम्म नयाँ भवन निर्माण सम्पन्न हुने गरी वडा नं ९ बेलाटारी स्थित जीर्ण अवस्थामा रहेको प्रतापपुर स्वास्थ्य चौकी भवनलाई भत्काएर ९ कट्ठा जग्गामा उक्त भवन निर्माणको काम थालिएको हो ।

 उक्त प्रशासनिक भवन कुल १४ करोड ६८ लाख ४९ हजार १९९ रुपैयाँ लागतमा पल-देउतिबज्यै/डि.सी.ब्युल्डर्स जेभी कोटेश्वर-३२ काठमाडौंले निर्माणको जिम्मा लिएको छ ।

विगत पाँच वर्षदेखि भाडामा प्रशासनिक कार्यालय देखि पालिका भित्रका विभिन्न शाखाका कार्यालय सञ्चालन हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष यादवले चुनौतीपूर्ण समस्यालाई समाधान गर्दै दलगत स्वार्थ भन्दा माथि उठेर विकास निर्माणको कार्यमा सम्पूर्ण जनप्रतिनिधिले हातेमालो गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा आफ्नै भवन निर्माण गर्न थालेको हो ।

यसअघि भाडाको घरमा बस्दै आएको गाउँपालिकाले निर्धारित समयमा भवन निर्माणको काम सकिए छिट्टै आफ्नो भवनबाट सेवा प्रभाव गर्ने गाउँपालिका अध्यक्ष यादवले बताए । उक्त प्रशासनिक भवन अपाङ्ग मैत्रीपूर्ण रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ