arrow

क्षेप्यास्त्र परीक्षण रोक्न खोजे 'युद्ध घोषणा' मानिने अमेरिकालाई उत्तर कोरियाको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
kcna-northkorea-missile-kim-jong-un.PNG

काठमाडौं। उत्तर कोरियाले आफ्नो परीक्षण मिसाइललाई रोक्ने र खसाल्ने कुनै पनि कदमलाई 'युद्धको घोषणा' मानिने चेतावनी दिएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङको मंगलबारको बयानलाई उद्धृत गर्दै दक्षिण कोरियाली मिडियाले संयुक्त राज्य अमेरिकाले प्योङयाङको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम)प्रशान्त महासागरतर्फ प्रक्षेपण गरिए खसाल्ने योजना बनाएको छ।

अमेरिका र यसका सहयोगीहरूले उत्तर कोरियाली ब्यालिस्टिक मिसाइलहरू कहिल्यै खसालेका छैनन्। यी मिसाइल सामान्यतया छिमेकी देशहरूबाट बच्न ठाडो कोणहरूमा प्रक्षेपण गरिन्छ। तर, प्योङयाङले जापानमा थप मिसाइलहरू प्रहार गर्ने संकते गरेपछि प्रश्नले नयाँ रुप लिएको छ।

किम यो जोङले प्योङयाङले आफ्नो रणनीतिक हतियार परीक्षण विरुद्ध अमेरिकी सैन्य कारबाहीलाई ूयुद्धको घोषणाूको रूपमा हेर्ने बताएकी छन्।

'प्रशान्त महासागर अमेरिका वा जापानको प्रभुत्वमा पर्दैन,' उनले भनेकी छन्।

गत वर्ष प्योङयाङले गरेको क्षेप्यास्त्र परीक्षणको रेकर्डपछि अमेरिका र दक्षिण कोरियाले आफ्नो संयुक्त सैन्य अभ्यासलाई पुनःस्थापना र मापन गर्ने क्रममा उत्तर कोरियाको ज्वलन्त अभिव्यक्ति आएको हो।

अमेरिकाले सोमबार दक्षिण कोरियाली लडाकु विमानहरूसँग संयुक्त अभ्यासको लागि बी-५२ बमवर्षक तैनाथ गरेको थियो। यसलाई दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र धम्कीहरू विरुद्ध शक्ति प्रदर्शन भनेको छ।

अमेरिका र दक्षिण कोरियाली सेनाहरूले यस महिनाको अन्त्यमा आफ्नो सबैभन्दा ठूलो अभ्यासलाई पुनरुत्थान गर्ने तयारी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ