- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क र सेलवेज क्यास एण्ड क्यारी प्राइभेट लिमिटेड सेल्सबेरी एण्ड सेलवेजबीच डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात् सेलवेज क्याससँग आबद्ध सेल्सबेरी एण्ड सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैङ्कका ग्राहकहरूले विभिन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस मार्फत डेबिट-क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ।
यसै बीच बैङ्कले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरी रहेको छ। जस अन्तर्गत हरेक सोमबार बैकको डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा अनलाईबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु.१२३ डेबिट कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनुहोस्। यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागु हुने बैङ्कले जनाएको छ।
माछापुच्छ्रे बैङ्क लिमिटेडले देशभर रहेका विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसाय सँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धन मा सघाउ पुग्दै आइरहेको छ।
साथै बैङ्कले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रिन बैङ्किङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ।
माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैङ्किङ सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।