arrow

काठमाडौंमा वर्षा, हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
cold-weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा अहिले सामान्य वर्ष भइरहेको छ । वर्षासँगै बिहानै देखि चिसो महसुस गरिएको छ ।  साथै बाक्लो हुस्सु लागेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही हल्का हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ