arrow

नेविसंघ स्याङ्जामा गौरव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
Gaurav pradhan.jpg

स्याङ्जा । नेपाल विद्यार्थी संघ (नेविसंघ) स्याङ्जाको अध्यक्षमा गौरव प्रधान तोकिएका छन् । 

नेविसंघ केन्द्रीय समितिको निर्णय बमोजिम प्रधानलाई स्याङ्जाको जिम्मेवारी दिइएको हो । उनले आगामी तीन महिनाभित्र जिल्लामा नेविसंघको अधिवेशन गराउनुपर्नेछ । 

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमा नेविसंघ विधान, २०२७ को सातौं संशोधन, २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

अध्यक्ष पद रिक्त रहेको र केन्द्रीय कार्यालयले मागबमोजिम स्याङ्जा कांग्रेसको २५ माघको पत्र र ३२ वर्ष उमेर हद पनि आकर्षित रहेको जनाउँदै प्रधानलाई अध्यक्ष चयन गरिएको जनाइएको छ ।

प्रधान त्रिभुवन आदर्श क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन उपसभापति र नेविसंघ क्याम्पस इकाइका सभापति हुन् ।

प्रधानले गत वैशाखमा सम्पन्न स्थानीय तह, मंसिरमा सम्पन्न प्रदेश र संघीय सांसद निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ