arrow

प्रचण्डलाई भेट्न बालुवाटार पुगे विप्लव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
prachanda-biplab.jpg

काठमाडौं ।  नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका  विप्लवले  प्रचण्डसँग कुराकानी गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड लागतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता पछिको परिस्थिति लगायतको विषयमा छलफल भएको बताइएको छ । प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश जारी गरेपछि सङ्क्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादीहरू घटकबीच छलफल हुँदै आएको छ ।

साथै विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए । त्यसमा प्रधानमन्त्री प्रचण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ