arrow

तुलसीपुरमा मानव धर्मको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
mahayagya.jpg

काठमाडौं । तुलसीपुरमा बुधबारदेखि ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ शुरु भएको छ । व्यवस्थित आश्रम निर्माणका लागि नेपाल मानव धर्म सेवा समितिले सात दिने महायज्ञ गरेको हो ।

फागुन ३० गतेसम्म सञ्चालन हुने महायज्ञको पहिलो दिन तीन लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

महायज्ञको युवा व्यवसायी वीरबहादुर भण्डारी, कथा वाचक पण्डित त्रैलोक्य शरण बस्ती, महात्मा चाँदना बाइजी, महायज्ञ मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले सयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा महात्मा चाँदना बाइजी मानव जाति जन्मेपछि मात्रै धर्म, जातमा विभाजित हुने भन्दै मानव सेवा पहिलो शर्त रहेको बताइन् ।  तुलसीपुर-६ रजौरामा २०७५ सालमा नेपाल मानव धर्म सेवा समितिको आश्रम सञ्चालनमा छ ।

महायज्ञ शुरु हुनु अघि  कलश यात्रा गरिएको थियो । आश्रमबाट शुरु भएको कलश यात्राले तुलसीपुर बजार परिक्रमा गरेर पुनः आश्रम स्थलमा रहेको महायज्ञ स्थल पुगेको थियो ।

कलश यात्रामा थारु, मगर, नेवारी भेषभूषा, विभिन्न टोल विकास संस्था, विद्यालय, आमा समूह तथा योग समितिको समेत सहभागिता थियो ।

महायज्ञमा सहयोग उपलब्ध गराउने दातालाई सम्मान गर्ने  महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ